logo

२०८३ साउन १५ शुक्रबार

चीनको सामना गर्न अस्ट्रेलियाले थप क्षेप्यास्त्र खरिद गर्ने

चीनको सामना गर्न अस्ट्रेलियाले थप क्षेप्यास्त्र खरिद गर्ने


हाम्रो राष्ट्र
  • मंगलबार, १२ बैशाख २०८०
  • 1K
    SHARES

    अस्ट्रेलियाले चीनबाट बढ्दो खतराको सामना गर्न लामो दूरीको क्षेप्यास्त्र खरिद् गर्ने प्रयासलाई तीव्र बनाउने भएको छ । अस्ट्रेलियाले भौगोलिक रूपमा एक्लिएको भए पनि क्षेप्यास्त्रको युगमा सुरक्षित रहन नसक्ने चेतावनी समेत दिएको छ ।

    सरकारले समीक्षा प्रतिवेदनले सिफारिस गरेका केही सुविधा तत्काल उपलब्ध गराउन एक करोड नब्बे लाख अस्ट्रेलियन डलर खर्च गर्नेछ । ११० पृष्ठ लामो अध्ययनलाई दोस्रो विश्वयुद्ध पछि अस्ट्रेलियाली रक्षाको सबैभन्दा ठूलो परिमार्जनको रूपमा व्याख्या गरिएको छ ।

    द डिफेन्स स्ट्राटेजिक रिभ्यू (डीएसआर), ताइवानबारे चीनको अडान, बढ्दो क्षेत्रीय तनाव र आवश्यक परे बल प्रयोग गर्ने पटक पटकको धम्कीबिच आएको हो । चिनियाँ नौसेनाले साउथ चाइना सीमा आफ्नो व्यापक उपस्थिति स्थापित गरेको छ र अन्तर्राष्ट्रिय कानुन उलङ्घन गर्दै यसको केही भागलाई आफ्नो क्षेत्र भएको दाबी गरेको छ ।

    प्रतिवेदनमा भनिएको छ,’चीनको सैन्य विस्तार दोस्रो विश्वयुद्धको अन्त्य पछि कुनै पनि देशको सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वाकाङ्क्षी हो। यो वृद्धि इन्डो–प्यासिफिक क्षेत्रमा चीनको रणनीतिक उद्देश्यको पारदर्शिता वा आश्वासन बिना भइरहेको छ ।’

    प्रधानमन्त्री एन्थोनी अल्बानीजले रक्षा समीक्षाले ‘भविष्यले हामीलाई आकार दिनका लागि पर्खनुको साटो हामीले भविष्यलाई आकार दिने’ र यसमा गरिएका सिफारिसहरूले अस्ट्रेलियालाई ‘अधिक आत्मनिर्भर, थप तयार र थप सुरक्षित’ बनाउने बताएका छन् ।

    यसले अस्ट्रेलियाको सशस्त्र बलहरूलाई उनीहरूको ध्यान भूमि केन्द्रित सुरक्षा अस्त्रहरूको सट्टा ‘अस्ट्रेलियामा निर्मित लामो दूरीमा प्रहार गर्न सक्ने क्षमता सहितका अस्त्रहरू’मा केन्द्रित गर्न सिफारिस गरेको रक्षा मन्त्री रिचर्ड मार्ल्सले बताए ।

    उनले ५०० किलोमिटर भन्दा बढी दायरा भएका ‘सही निसाना प्रहार गर्न सक्ने क्षेप्यास्त्र’ को अधिग्रहणले सेनालाई ‘भविष्यमा आवश्यक आक्रमण क्षमता र गतिशीलता’ दिने बताए ।

    सन् २०२२ को एक विज्ञ समूहको प्रतिवेदनले अस्ट्रेलियाली सेनाका लागि ‘सबैभन्दा नराम्रो अवस्था’ को चेतावनी दिएको थियो जसमा चीनले ताइवानमाथि सम्भावित युद्धको क्रममा नजिकैको क्षेत्रको नियन्त्रण लिनसक्ने उल्लेख गरिएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend