logo

२०८३ साउन १५ शुक्रबार

तोलामा चारसयले बढ्यो सुनको भाउ

तोलामा चारसयले बढ्यो सुनको भाउ


हाम्रो राष्ट्र
  • मंगलबार, १२ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौ । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि सोमबार प्रतितोला दुईसय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend