काठमाडौं। ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको जानकारी गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्राचारअनुसार उनको सांसद पद रिक्त रहेको सभामुख घिमिरेले बताए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि उनी संलग्न पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पद खारेज गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend