logo

२०८३ साउन १३ बुधबार

गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान


हाम्रो राष्ट्र
  • मंगलबार, १२ बैशाख २०८०
  • 1K
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि मंगलबार तीन दिनको समय दिएर आह्वान गरेका हुन् ।

    मुख्यमन्त्री खगराज अधिकारीले ९ वैशाखमा सदनबाट विश्वासको मत पाउन नसकेपछि मंगलबार प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि १४ वैशाख अपरान्ह ४ बजेसम्मको समय दिएका छन् ।

    देश प्रमुख गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । उक्त आह्वानअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने व्यक्तिलाई मुख्यमन्त्रीमा दाबी गर्न सक्नेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend