logo

२०८३ साउन १४ बिहिबार

सांसदहरुले सदनमा उठाएका प्रश्न र यसबारे भएका सम्बोधन वेबसाइटमा राख्न सांसद कार्कीको माग

सांसदहरुले सदनमा उठाएका प्रश्न र यसबारे भएका सम्बोधन वेबसाइटमा राख्न सांसद कार्कीको माग


हाम्रो राष्ट्र
  • मंगलबार, १२ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसदहरुले सदनमा उठाएका प्रश्न र यसबारे भएका सम्बोधनको अवस्थालाई वेबसाइटमा राख्न माग गरेकी छन् ।

    मंगलबारको प्रतिनिधिसभा बैठकको शून्यमा उनले बैठकमा सांसदहरुले उठाएका प्रश्न र यसबारे सरकारले गरेका सम्बोधनको अवस्थालाई संसद सचिवालयकै वेबसाइटमा राखेर जनतालाई जानकारी गराउनुपर्ने माग गरिन् ।

    उनले भनिन्,‘सदनमा उठेका प्रश्नहरुलाई सदनको व्यवसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु।’

    सदनमा सांसदहरुले कुरा उठाउने र सात दिनभित्र सम्बन्धित मन्त्रीबाट जवाफ आउने कानुनी व्यवस्था भएपनि यसप्रति सरकार जिम्मेवार नभएको उनले आरोप लगाइन् ।

    उनले भनिन्,‘सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायि बनाउन आवश्यक छ । सदनमा उठेका प्रश्नहरुलाई सदनको व्यवसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् ? भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend