logo

२०८३ असोज ७ बुधबार

शेयर बजारमा १७ अंकको बृद्धि

शेयर बजारमा १७ अंकको बृद्धि


हाम्रो राष्ट्र
  • मंगलबार, १२ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से मङ्गलबार दोहोरो अङ्कले बढेको छ । मंगलबार नेप्से १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ विन्दुमा पुगेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ ।

    बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ६४ वटा कम्पनीका २७ लाख पाँच सय कित्ता शेयर ८८ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको शेयर आठ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज पिपुल्स पावर कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend