logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने बाइडेनको घोषणा

राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने बाइडेनको घोषणा


हाम्रो राष्ट्र
  • मंगलबार, १२ बैशाख २०८०
  • 884
    SHARES

    अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार राष्ट्रपति बाइडेनले आधिकारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    उनले उपराष्ट्रपति कमला ह्यारिससहित पुनः एकपटक अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी दिने र मतदाताहरूले आफूहरूलाई जिताउनेमा आफू विश्वस्त रहेको बताए ।

    उनले केही मतदातासँग परामर्श गरी आफूले पुनः राष्ट्रपतिमा दोहोरिने निर्णय गरेको बताएका छन् । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच महिनाअघि नै एक वर्षपछि हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend