logo

२०८३ साउन १४ बिहिबार

वामदेवको मनोनयनविरुद्धको रिटमा सर्वोच्चले मगायो बहस नोट

वामदेवको मनोनयनविरुद्धको रिटमा सर्वोच्चले मगायो बहस नोट


हाम्रो राष्ट्र
  • बुधबार, १३ बैशाख २०८०
  • 923
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बहस नोट मगाएको छ । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सरकारी वकिल र निवेदकसँग बहस नोट मगाएको हो ।

    गौतमविरुद्ध २०७७ असोज १२ गते सर्वोच्च अदालतका रिट दर्ता भएको थियो। बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि गौतम राष्ट्रियसभा सदस्य भएको भन्दै उनीविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बद्री भट्टले रिट दायर गरेका थिए । राष्ट्रिय सभा सदस्यका लागि उनी अयोग्य भएको दाबी रिटमा गरिएको छ ।

    सुरुमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले दुवै पक्षको छलफल नभएसम्म अन्य संवैधानिक जिम्मेवारी नदिनु भन्दै अन्तरिम आदेश जारी गरेको थियो । अब बहस नोट पेस भएपछि संवैधानिक इजलासले पेसी तोक्दै फैसला सुनाउने छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend