logo

२०८३ असोज ७ बुधबार

द्वन्द्वका कारण सुडानको जनजीवन अस्तव्यस्त

द्वन्द्वका कारण सुडानको जनजीवन अस्तव्यस्त


हाम्रो राष्ट्र
  • बिहिबार, १४ बैशाख २०८०
  • 962
    SHARES

    द्वन्द्वग्रस्त सुडानबाट १० हजारभन्दा बढी मानिस भागेर कास्टल र अर्कीनको स्थलसीमा पार गर्दै छिमेकी मुलुक इजिप्ट पुगेको इजिप्टले जनाएको छ । इजिप्टको जनरल अथोरिटी फर ल्याण्ड एण्ड ड्राई पोर्ट्स (जीएएलडीपी) ले विज्ञप्ति जारी गरी द्वन्द्वग्रस्त सुडानबाट करिब पाँच दिनमा १० हजारभन्दा बढी मानिस भागेर इजिप्ट आइपुगेको जनाएको हो ।

    अप्रिल २१ देखि २५ को बीचमा कास्ताल हुँदै एक हजार २९७ जना (इजिप्ट) आएका थिए भने अन्य आठ हजार ८९७ जना अरकीन हुँदै इजिप्ट प्रवेश गरेका विज्ञप्तिमा उल्लेख छ । जीएएलडीपीले सुडानबाट भागेका इजिप्टका नागरिक र योग्य विदेशीहरूलाई सबै सुविधाहरूमा पहुँच सुनिश्चित गर्न सबै सम्बन्धित संस्थाहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

    गत अप्रिल १५ मा सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेजबीच राजधानी खार्तूम र अन्य सुडानी क्षेत्रमा भीषण झडप भएको थियो । सुडानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार सुडानमा अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend