logo

२०८३ साउन १५ शुक्रबार

अयोग्य लडाकूलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरौंः कोइराला

अयोग्य लडाकूलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरौंः कोइराला


हाम्रो राष्ट्र
  • बिहिबार, १४ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।

    बिहीबार सामाजिक संजालमार्फत कोइरालाले माओवादी नेतृत्वको यस्तो कार्यको विरोध गर्नुपर्ने बताएका हुन् । उनले पूर्वआयोग्य लडाकूलाई पैसा नभई रोजगारी दिनुपर्ने बताएका छन् ।

    कोइरालाले भनेका छन्, ‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं। उनीहरुलाई पैसा होईन रोजगारी दिउँ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend