logo

२०८३ असोज ७ बुधबार

नेपालमा उत्पादित सवारीको दर्ताको कानुनी बाटो खुल्यो

नेपालमा उत्पादित सवारीको दर्ताको कानुनी बाटो खुल्यो


हाम्रो राष्ट्र
  • बिहिबार, १४ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपालमा उत्पादन भएका सवारीासाधन दर्ता गर्न बाटो खुलेको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरी नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको जनाएको छ ।

    यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै नेपालमा जडान वा उत्पादन भएका सवारी दर्ता सम्बन्धी व्यवस्था गरेको विभागले जनाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरेको हो।

    यो व्यवस्थासँँगै अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक नपर्ने सार्वजनिक सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend