logo

२०८३ असोज ७ बुधबार

बलुचिस्तानमा भिडन्त, ६ प्रहरीको मृत्यु

बलुचिस्तानमा भिडन्त, ६ प्रहरीको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, १४ बैशाख २०८०
  • 1K
    SHARES

    पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा छ जना प्रहरी मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।

    प्रान्तीय गृहमन्त्री जियाउल्ला लाङ्गोवेका अनुसार जाफरावाद जिल्लामा आपराधिक समूहसँग भएको झडपमा ती सुरक्षाकर्मीले ज्यान गुमाएका हुन् । लुटपाट र अन्य जघन्य अपराधमा संलग्न समूहको खोजीमा रहेको प्रहरी टोलीमाथि आक्रमण भएको थियो ।

    प्रहरीले घटनास्थल र वरपरको क्षेत्रमा घेरा हालेर उक्त समूहको खोजी अभियान जारी राखेको छ । आक्रमणमा घाइते भएका प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । केही आक्रमणकारी भागेका र उनीहरूको पनि खोजतालस भइरहेको गृहमन्त्री लाङ्गोवेले बताउनुभएको छ ।

    सडक दुर्घटनामा एघार जनाको मृत्यु

    यसैबीच, छिमेकी अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको तथा अन्य नौ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ बाजिरीले बताएका छन् ।

    नहरए शाही जिल्लामा भएको उक्त दुर्घटनामा केही महिला र बालबालिकासहित ११ जनाले ज्यान गुमाएका हुन् । घाइतेमध्ये केहीको अवस्था गमभीर छ । गत आइतबार यता अफगानिस्तानमा भएका सडक दुर्घटनामा यो पाँचौ हो । गत मङ्गलबार पश्चिम बाघिस प्रान्तमा यस्तै दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए भने सोमबार बागलान प्रान्तमा भएको अर्को दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend