logo

२०८३ साउन १३ बुधबार

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता चौधरीको दाबी पेश

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता चौधरीको दाबी पेश


हाम्रो राष्ट्र
  • बिहिबार, १४ बैशाख २०८०
  • 1K
    SHARES

    लुम्बिनी । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले दाबी पेस गरेका छन् । बिहीबार उनले ५३ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् । २७ पुसमा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले ११ वैशाखमा प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार पनि सोही धारा अनुसार गठन हुन लागेको हो ।

    केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित पाँच दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज अपरान्ह ४ बजेभित्र दाबी पेस गर्न समयसीमा दिएका थिए ।

    चौधरीलाई नेकपा माओवादी केन्द्रसहित जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतका दलको समर्थन छ ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४(४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३(३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक(एक जना र स्वतन्त्र एक सांसद रहेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend