logo

२०८३ साउन १३ बुधबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे नियुक्त


हाम्रो राष्ट्र
  • बिहिबार, १४ बैशाख २०८०
  • 1.1K
    SHARES

    गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    उनलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सांसदको समर्थन छ । पाण्डेलाई कांग्रेसका २७, माओवादी केन्द्रका सात र दीपक मनाङेको समर्थन छ ।

    बहुमत सदस्यले समर्थन गरेपछि प्रदेश प्रमुखले उनलाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend