logo

२०८३ असोज ७ बुधबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त


हाम्रो राष्ट्र
  • बिहिबार, १४ बैशाख २०८०
  • 1.1K
    SHARES

    लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शेरचनले चौधरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    शेरचनले आज अपरान्ह ४ बजेसम्म समयसीमा दिएर बहुमतका आधारमा सरकार गठनका लागि आह्वान गरेका थिए । सोहीअनुसार चौधरीले ५३ जना प्रदेशसभा सदस्यको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । चौधरीलाई कांग्रेससहित गठबन्धनका दलहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरूको समर्थन छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend