logo

२०८३ साउन १५ शुक्रबार

पार्टी अध्यक्ष ओलीमाथि भएको आक्रमणको एमालेद्वारा सरकारको ध्यानाकर्षण

पार्टी अध्यक्ष ओलीमाथि भएको आक्रमणको एमालेद्वारा सरकारको ध्यानाकर्षण


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौं । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले मुलुकमा शान्ति सुरक्षा चुस्त बनाउन सरकारसँग माग गरेका छन् ।

    शुक्रबारको प्रतिनिधिसभाको विशेष समयमा पार्टी अध्यक्ष केपी शर्मा ओली यही वैशाख १३ गते आफ्नो निर्वाचन क्षेत्र झापामा भएको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा केही व्यक्तिले साङ्घातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    घटनाका घाइते जीवनमरणको अवस्थामा रहेको जानकारी गराउँदै उनले घाइतेको काठमाडौँमा ल्याएर उपचार गर्न सरकारसँग माग गरे ।

    घटनामा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र एमाले कार्यकर्तामाथि आक्रमण गर्ने प्रयास गरिएको भन्दै पौडेलले भने, “देशमा सरकार छ कि छैन ? संविधानले दिएको अधिकार प्रयोग गर्दा आक्रमणमा सत्ता निकट मानिस संलग्न रहेको अध्ययनले देखाएको छ । उक्त विषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिन जरुरी छ ।”

    उनले शान्ति सुरक्षा जनताको अधिकार भएको र यो घटनामा संलग्नलाई अविलम्ब पक्राउ गर्न माग गरे । उनले नागरिकको सुरक्षामा सरकार गम्भीर हुन माग गरे । पौडेलले केही दिनअघि काठमाडौँमा नीरा पाण्डे आचार्यलाई दिनदहाडै पसलमा बसिरहेको अवस्थामा हत्या गरिएको सम्बन्धमा शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न माग गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend