logo

२०८३ साउन १४ बिहिबार

आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेस बनाउनुपर्छः कोइराला

आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेस बनाउनुपर्छः कोइराला


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ बैशाख २०८०
  • 871
    SHARES

    विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने बताएका छन् । कांग्रेस मोरङ प्रदेश क्षेत्र नम्बर ५ (२), ६(२) र महानगर समितिको प्रदेश क्षेत्र एवं महानगर संयुक्त सम्मेलनको शुक्रबार साँझ उद्घाटन गर्दै उनले त्यसको लागि मुलुकभरि सङ्गठन मजबुत गरी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन एक्लै लड्ने गरी अगाडि बढ्नु जरुरी रहेको बताएका हुन् ।

    उनले आजदेखि आफू जनता एवं पार्टीका साथीसँग जोडिने प्रण गर्छु भन्दै देशभरिका जनताका प्रत्येक सुखदुःखमा साथमा रहेमा कांग्रेसलाई पुरानो अवस्थामा ल्याउने दाबी गरे । कोइरालाले हालैसम्म उपनिर्वाचनले कांग्रेसलाई धेरै पाठ सिकाएको उल्लेख गर्दै पार्टीका कमीकमजोरीलाई सुधार गर्दै लाग्नुपर्ने आवश्यकता औँल्याए ।

    उनले अयोग्य लडाकुलाई आजको आर्थिक अवस्थामा रकम होइन रोजगारी दिनुपर्ने बताउँदै मुलुकको वर्तमान अवस्थामा शिक्षक कर्मचारीलाई पेन्सन नपाइरहेको एवं ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा  दुई लाख दिने निर्णय गलत भएको विचार राखे ।

    सम्मेलनमा महानगरका अध्यक्ष दीपक चापागाईं, केन्द्रीय सदस्यहरु रुक्मणि कोइराला, मधु आचार्य र अमृत अर्याल, प्रदेशसभा सदस्य केदार कार्की, शोभा कोइरालालगायतले मुलुकमा सुशासन र जनताको सेवा प्रवाहमा लाग्न नेता एवं कार्यकर्तालाई आग्रह गरे ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend