logo

२०८३ साउन १३ बुधबार

हत्या अभियुक्त सांसद कोइरीको विदा अस्वीकृत

हत्या अभियुक्त सांसद कोइरीको विदा अस्वीकृत


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाबाट एमालेका फरार सांसद लक्ष्मी कोइरी महतोको बिरामी बिदा अस्वीकृत भएको छ । कोइरीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएअनुसार सभामुखले शुक्रबारको पहिलो बैठकमा पढेर सुनाउँदै स्वीकृत गर्न लागेपछि विवाद भएको थियो । त्यस क्रममा एमालेबाहेकका सांसदहरुले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुपरेको थियो ।

    पछि दलहरु र सभामुखबीच भएको छलफलमा कोइरीको बिदा अस्वीकृत गर्ने समझदारी बनेपछि राति १० बजे बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले यसबारे जानकारी गराएका हुन् ।

    उनको बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने सभामुखले सदनलाई जानकारी गराए । सभाले मनोरमा शेरचन, बीना कुमारी थनेत, चन्द्रकान्त भण्डारी, वर्षमान पुनको बिरामी बिदा भने स्वीकृत गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend