logo

२०८३ असोज ७ बुधबार

सुडानबाट थप ४८ जापानी नागरिक स्वदेश फिर्ता

सुडानबाट थप ४८ जापानी नागरिक स्वदेश फिर्ता


हाम्रो राष्ट्र
  • शनिबार, १६ बैशाख २०८०
  • 910
    SHARES

    द्वन्द्वग्रस्त सुडानबाट शनिबार बिहान ४८ जना जापानी नागरिक टोकियो पुगेका छन्। जापानी नागरिकहरू चार्टर्ड उडानबाट शुक्रबार स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    शुक्रबारसम्म ६५ जना जापानी नागरिक र अन्य देशका नागरिकले पनि सुडान छाडेका छन् । ती मध्ये केही आफ्नै पहलमा जापान फर्किएको पनि मन्त्रालयले जनाएको छ ।

    अप्रिलको मध्यमा सुडानी सेना र अर्धसैनिक र्याआपिड सपोर्ट फोर्सबीच भीषण झडप भएपछि असुरक्षाको अनुभूति गर्दै थुप्रै देशहरूले सुडानबाट आफ्ना नागरिकहरू फिर्ता बोलाएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend