logo

२०८३ साउन १३ बुधबार

निरा हत्याका एक आरोपी पक्राउ

निरा हत्याका एक आरोपी पक्राउ


हाम्रो राष्ट्र
  • आइतबार, १७ बैशाख २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा ९ दिन पछि झापावाट विनोद विकलाई पक्राउ गरेको हो ।

    उनी शनिबार पक्राउ परेका हुन् । कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको गत वैशाख ७ मा रहस्यमय तरिकाले हत्या भएको थियो । प्रहरी स्रोतका अनुसार बिकलाई झापा नै पुगेर पक्राउ गरिएको हो । उनी काठमाडौंमा पाण्डेको हत्या गरी झापातर्फ फरार भएका थिए ।

    नौ दिनसम्म पनि पाण्डेको हत्यारालाई पक्राउ नगरेको भन्दै आफान्तजनले शनिवार मात्रै काठमाडौंमा प्रदर्शन गरेका थिए भने सरकारले शुक्रबार मात्रै बिशेष छानबिन समिति गठन गरेको थियो । पक्राउ परेका बिकलाई आज सार्वजनिक गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend