logo

२०८३ साउन १५ शुक्रबार

चट्याङ लागेर ओखलढुंगामा एक महिलाको मृत्यु

चट्याङ लागेर ओखलढुंगामा एक महिलाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, १७ बैशाख २०८०
  • 962
    SHARES

    ओखलढुंगा । शनिबार अपराह्न वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ ।

    घरभित्रै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend