logo

२०८३ साउन १४ बिहिबार

अमेरिकाको टेक्सासमा गोली हानी पाँच जनाको हत्या

अमेरिकाको टेक्सासमा गोली हानी पाँच जनाको हत्या


हाम्रो राष्ट्र
  • आइतबार, १७ बैशाख २०८०
  • 910
    SHARES

    अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको छ ।

    बन्दुकधारीले नजिकैको आँगनमा गोली चलाएको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ । बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न आग्रह गरेका थिए । सान ज्याकिन्टो काउन्टीका शेरिफ ग्रेग क्यापर्सले ‘आक्रमण’ बारे फोन आएपछि अधिकारीहरू निवासमा जाँदा डरलाग्दो दृश्य देखेको बताएका छन् ।

    आठदेखि ४० वर्ष उमेर समूहका ती पीडित परिवार घरको अगाडिको ढोकादेखि भित्री शयनकक्षसम्म मृत भेटिएका थिए । घरभित्र नरसंहारमा बाँचेका दुई जना बालबालिकालाई दुई महिलाले शरिरले छेकेर बचाएको तर महिलाहरू सुतेको अवस्थामा मृत फेला परेका थिए ।

    आक्रमणको समय उक्त घरमा १० जना रहेका थिए । उनीहरू होन्डुरसबाट टेक्सासमा आई बसोबास गर्दै आएका थिए । प्रहरीले ती बन्दुकधारी को हुन् भन्ने कुरा आफूलाई थाहा भएको र उनी मेक्सिकोका भएको दाबी गरेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend