गोकर्णेश्वर, । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको सहयोगमा रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित स्थलगत कथा, कविता र निबन्ध लेखन प्रतियोगितामा पुरस्कृत पन्ध्रजना छात्रछात्रालाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सदस्य सन्तोष चालिसेले प्रमाणपत्र प्रदान गरेका छन् । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले पुष्पगुच्छा तथा कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार रोचक घिमिरेले नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको कथा लेखनमा सहभागी विद्यार्थीहरुमध्ये पर्लल्स इङ्लिस एकेडेमीमा कक्षा दश अध्यनरत विद्यार्थी सङ्गीता लामा प्रथम, सेन्टेनियल एकेडेमी कक्षा आठ अध्यनरत प्रेरणा बस्ताकोटी द्वितीय, सर्वनाम शिक्षालयमा कक्षा दश अध्यनरत पासाङ ल्हामु शेर्पा तृतीय तथा सुसंस्कार एकेडेमीमा कक्षा सात अध्यनरत दिप्सन भट्टराई र एकता जेम्स एकेडेमी, कक्षा दश अध्यनरत कृतिश त्रिपाठी सान्त्वना पुरस्कारबाट पुरस्कृत भए ।
सोही प्रतियोगिताको कविता तर्फ सहभागीमध्ये खगेन्द्र विशेष शिक्षा माद्यमिक विद्यालय कक्षा १० का विद्यार्थी निखिल बु‘ढा प्रथम, उत्तरवाहिनी बोर्डिङ स्कूल, कक्षा ९ का छात्रा अश्मिता तामाङ द्वितीय, अरुणोदय माद्यमिक विद्यालय, कक्षा ९ का छात्रा पार्वती विश्वकर्मा तृतीय, तथा सुसंस्कार एकेडेमी कक्षा १० का छात्रा दिलाशा अधिकारी र अल्केमिस्ट एकेडेमी, कक्षा १० छात्र प्रभात घिसिङ सान्त्वना पुरस्कारबाट पुरस्कृत भए ।
स्थलगत लेखनको निबन्धतर्फका सहभागी मनकामना माद्यमिक विद्यालय, कक्षा ८ अध्यनरत छात्र सक्षम भट्टराई प्रथम, उत्तरवाहिनी बोडिङं स्कुल, कक्षा ८ का छात्रा सुयश्मा सुवेदी द्वितीय, सुसंस्कार एकेडेमी, कक्षा १० का छात्रा फुडु शेर्पा तृतीय र नवअरुणिमा माद्यमिक विद्यालय कक्षा १० का छात्र दिव्याशु रिसाल तथा उत्तरवाहिनी बोर्डिङ स्कुल, कक्षा १० का छात्रा सृजना चुडाल सान्त्वना पुरस्कारबाट पुरस्कृत भएका छन् ।
उन्नाइस विद्यालयका ७९ जना विद्यार्थी सहभागी रहेका उक्त स्थलगत साहित्य लेखन प्रतियोगितामा कथा र कवितातर्फ छब्बीस÷छब्बीस जना विद्यार्थीले भाग लिएका थिए भने निबन्धतर्फ सत्ताइसजना सहभागी थिए ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल कला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति के.के.कर्माचार्य, महासचिव विजय चलिसे, सदस्यद्वय रामप्रसाद पौडेल तथा मुना रुपाखेतीले कार्यक्रम र रमेश विकलको व्यक्तित्वका बारेमा प्रकाश पारेको कार्यक्रमको सञ्चाालन प्रतिष्ठानका कोषाध्यक्ष शम्व चालिसेले गरेका थिए । वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, अमरकुमार प्रधान, गोवन्द घिमिरे वेदमणि, बाजुराम पौडेल, नवराज पुडासैनी र परशुराम पराजुली “पराशर” ले प्रतिस्पर्धी विद्याथीहरूकका रचनाहरूको मूल्याङ्कन गरेका थिए ।
यही क्रममा नगरपालिका भित्रका विभिन्न विद्यालयबाट ८ कक्षादेखि १० कक्षासम्मका सो प्रतियोगितमा भाग लिनेहरू मध्येबाट उत्कृष्टमा परेका प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना गरेर सबै विधा गरी प्रत्येक समूहका ५÷५ जनालाई क्रमशः ५०००, ३०००, २०००, र सान्त्वना दुईजनालाई एक एक हजार गरेर नगद पुरस्कार प्रदान गरियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend