logo

२०८३ साउन १४ बिहिबार

नेप्सेमा १९ अंकको गिरावट

नेप्सेमा १९ अंकको गिरावट


हाम्रो राष्ट्र
  • आइतबार, १७ बैशाख २०८०
  • 949
    SHARES

    काठमाडौं  । साताको पहिलो दिन आइतबार सेयर बजारमा ओरालो लागेको  छ । आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा आएर रोकिएको छ ।

    ९५ करोड ४३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचकमा २६ कम्पनीमा उकालो लगेको र १८९ कम्पनीमा ओरालो लगेको छ भने ४ कम्पनीको स्थिर रहेको छ ।

    यस्तै, सेन्सेटिभ इन्डेक्सम करिब ३ अकले घटेर ३५८.१४ बिन्दुमा आएको छ । आइतबार  ३२ लाख ६ हजार ४५० कित्ता  सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी सुलभ इन्भेस्टमेन्ट र ८.५५ प्रभु बैंक डेबेन्चरको ३ प्रतिशतले मुल्य वृद्धि भएको छ ।

    यता,  सिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको आइतबार ४ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ । यता नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाखको कारोबार भएको छ । आइतबार  सबै उपसूचकहरु राताम्मै भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend