logo

२०८३ साउन १४ बिहिबार

जापानमा ९४.५ प्रतिशत व्यक्तिद्वारा मूल्यवृद्धिको असर महसुस

जापानमा ९४.५ प्रतिशत व्यक्तिद्वारा मूल्यवृद्धिको असर महसुस


हाम्रो राष्ट्र
  • आइतबार, १७ बैशाख २०८०
  • 1K
    SHARES

    बैंक अफ जापानले हालै गरेको एक सर्वेक्षणअनुसार जापानमा ९४.५ प्रतिशतले एक वर्ष अघिको तुलनामा मूल्यवृद्धि भएको महसुस गरेका छन् । त्यसैगरीे ६२.८ प्रतिशतले मूल्य वृद्धि भएको तर यसलाई आफूले व्यवस्थापन गर्न सकेको बताएका छन् ।

    फेब्रुअरी ३ देखि मार्च १ सम्म गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा २० वर्ष वा सोभन्दा बढी उमेरका एक हजार ९८१ उत्तरदातालाई सहभागी गराइएको थियो । त्यसको ५६ प्रतिशत उत्तरदाताले लगातार तेस्रो त्रैमासिकसम्म महङ्गीको महशुस गरेको बताएका छन् ५० प्रतिशतभन्दा बढीले अत्यधिक मूल्य बढेको बताएका छन् ।

    पछिल्ला तीन सर्वेक्षणमा सहभागीमध्ये आधाले आफ्नो आम्दानी उस्तै रहेको बताएका छन् भने मानिसहरुको सङ्ख्यामा क्रमिक वृद्धिले खर्चको लागत बढेको बताएका छन् । हरेक तीन महिनामा गरिने सर्वेक्षणमा अधिकांश उत्तरदाताले खाना, त्यसपछि दैनिक उपभोग्य वस्तु र विद्युतीय उपकरणमा खर्च बढेको देखाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend