logo

२०८३ साउन १४ बिहिबार

उज्बेकिस्तानद्वारा संविधान सुधारको पक्षमा मतदान

उज्बेकिस्तानद्वारा संविधान सुधारको पक्षमा मतदान


हाम्रो राष्ट्र
  • सोमबार, १८ बैशाख २०८०
  • 1.1K
    SHARES

    उज्बेकिस्तानका मतदाताले राष्ट्रपति शावकत मिर्जियोयेभलाई सन् २०४० सम्म सत्तामा रहिरहन सक्ने गरी गरिएको संवैधानिक परिवर्तनको समर्थन गरेका छन् ।

    निर्वाचन आयोगका अनुसार करिब ९० प्रतिशत मतदाताले सुधारको समर्थन गरेका छन् भने पूर्व सोभियत मुलुकमा करिब ८५ प्रतिशत मतदान भएको छ । मतदान नतिजाबारे प्रतिक्रिया जनाउँदै अधिकारवादी समूहहरूले सरकारको अधिनायकवादी प्रवृत्तिले असहमतिका लागि ठाउँ सीमित गरेको बताएका छन् ।

    तत्कालिन शासक इस्लाम करिमोभको सन् २०१६ मा मृत्युपछि ६५ वर्षीय मिर्जियोयेभ राष्ट्रपति बनेका थिए ।
    तीन करोड ५० लाख जनसङ्ख्या भएको भूपरिवेष्ठित मध्य एशियाली मुलुकमा संविधान संशोधनले शासन व्यवस्था र जीवनस्तरमा सुधार ल्याउने उनको भनाइ छ ।

    तर पर्यवेक्षकहरूका अनुसार मिरजियोयेभलाई मुस्लिम बहुल देशमा सबैभन्दा बढी फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
    प्रस्तावित परिवर्तनले राष्ट्रपतिको कार्यकाल पाँच वर्षबाट बढाएर सात वर्ष पुर्याउनेछ र उनलाई थप दुई कार्यकाल सेवागर्न सक्ने आधार मतदानबाट मिलेको छ । यस कानुनी संशोधनसँगै उहाँले सन् २०४० सम्म आफ्नो कार्यकाल लम्ब्याउने छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend