logo

२०८३ असोज ७ बुधबार

अफगान प्रहरीद्वारा उरुजगान प्रान्तमा २ हजार ८५० किलो चरेस बरामद

अफगान प्रहरीद्वारा उरुजगान प्रान्तमा २ हजार ८५० किलो चरेस बरामद


हाम्रो राष्ट्र
  • सोमबार, १८ बैशाख २०८०
  • 923
    SHARES

    अफगानिस्तानको काउन्टर कोटिक्स प्रहरीले दक्षिणी उरुजगान प्रान्तबाट दुई हजार आठ सय ५० किलोग्राम चरेस बरामद गरेको छ ।

    प्रान्तीय प्रहरी प्रवक्ता मौलावी जाहिदले जानकारी दिएअनुसार तस्करी गरिएका सामानहरू दुई वटा सवारी साधनभित्र लुकाइएको थियो । प्रहरीले आइतबार प्रान्तीय राजधानीबाहिर गाडीको नियमित सुरक्षा जाँचका क्रममा फेला पारेको बताइएको छ । चालक भने फरार रहेको उनको खोजी भइरहेको जनाइएको छ ।

    अफगानिस्तानको कार्यवाहक सरकारले हाल यहाँ गाजालगायतका खेतीमा प्रतिबन्ध लगाएर तस्करहरूविरुद्ध अभियान सुरु गरेको छ । यसै क्रममा दुई महिनामा सयौँ लागुऔषध तस्करहरूलाई पक्राउ गर्नुका साथै अफिम उत्पादन हुने हजारौँ एकड अफिम र चरेस फार्महरू नष्ट गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend