logo

२०८३ साउन १४ बिहिबार

सरकार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको तयारीमा

सरकार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको तयारीमा


हाम्रो राष्ट्र
  • मंगलबार, १९ बैशाख २०८०
  • 936
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन भइरहेको बताएका छन् । साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति, नियम र संरचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको उनको भनाइ छ ।

    छैठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा शुभकामना दिँदै उनले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढिरहेको बताएका छन् । सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेको भन्दै उनले भनेका छन्, ‘सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’

    यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायत कानुनी व्यवस्थाका लागि सरकार प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्न डिजिटल नेपाल फ्रेमवर्क, २०७६ कार्यान्वयनमा ल्याएको बताएका छन् । सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्न समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने उनको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend