logo

२०८३ साउन १५ शुक्रबार

रविका गाडी चालकको निधन

रविका गाडी चालकको निधन


हाम्रो राष्ट्र
  • मंगलबार, १९ बैशाख २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापाको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो । गत वैशाख ४ गते बिहान पौने ४ बजे शंकास्पद रूपमा चितवनस्थित अढाईतले घरको छतबाट खसेर थापा गम्भीर घाइते भएका थिए ।

    चितवनको पुरानो मेडिकल कलेजमा टाउकाको शल्यक्रियापछि थापालाई थप उपचारका लागि वैशाख ५ गते मेडिसिटी ल्याइएको थियो । भेन्टिलेटरमा उपचारकै क्रममा उनको मंगलबार निधन भएको हो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend