logo

२०८३ साउन १५ शुक्रबार

नेप्सेमा ४ अंकको गिरावट

नेप्सेमा ४ अंकको गिरावट


हाम्रो राष्ट्र
  • मंगलबार, १९ बैशाख २०८०
  • 910
    SHARES

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । मंगलबार नेप्से चार दशमलव २६ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४१ विन्दुमा झरेको छ । आज होटल, बीमा, विकास बैंक र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

    आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ७० वटा कम्पनीका २२ लाख २२ हजार कित्ता शेयर ६४ करोड ९६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज सबैभन्दा धेरै श्वेतगङ्गा हाइड्रो र मिथिला लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धरैले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend