logo

२०८३ साउन १३ बुधबार

तनहुँमा ट्रक घरमा ठोक्किँदा तीन जनाको मृत्यु

तनहुँमा ट्रक घरमा ठोक्किँदा तीन जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, २० बैशाख २०८०
  • 923
    SHARES

    दमौली । पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडकखण्ड अन्र्तगत आँधीखोलामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणकाअनुसार दुर्घटनामा परी बन्दीपुर गाउँपालिका वडा नम्बर एका १२ वर्षीय आयुष भुजेल , ५० वर्षीय चेतबहादुर भुजेल र ६९ वर्षीय सनबहादुर भुजेलको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना परी वर्ष १० की जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८ का समिर भुजेल र सन्तोष भुजेल घाइते भएका छन् । ट्रक पल्टिएर घरमा ठोक्किँदा यो दुर्घटना भएको हो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend