logo

२०८३ साउन १५ शुक्रबार

टोपबहादुरका छोरा सन्दीप पक्राउ

टोपबहादुरका छोरा सन्दीप पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, २० बैशाख २०८०
  • 897
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार साझ बुटवलबाट पक्राउ गरेको हो । प्रहरीले रायमाझीका बाबु छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    यो प्रकरणमा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ । पीडितहरुले दिएको उजुरीका आधारमा राई, सन्दीप र पाण्डे पक्राउ परेका हुन् । प्रहरी अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म उठाएको पाइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend