logo

२०८३ साउन १३ बुधबार

भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, २१ बैशाख २०८०
  • 1.1K
    SHARES

    मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी पर्सौनि नगरपालिका–५ बाराका २५ वर्षीय लालबाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ ।  मृतक दुबैजनाको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend