logo

२०८३ साउन १४ बिहिबार

सर्बियाको एक विद्यालयमा १३ वर्षीय बालकले गोली चलाउँदा ९ जनाको मृत्यु

सर्बियाको एक विद्यालयमा १३ वर्षीय बालकले गोली चलाउँदा ९ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, २१ बैशाख २०८०
  • 1K
    SHARES

    सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा १३ वर्षीय बालकले गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा ९ जनाको मृत्यु भएको र सातजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा आठजना विद्यार्थी र एकजना सुरक्षागार्ड रहेका छन् । घाइते हुनेमा ६ जना विद्यार्थी र एकजना शिक्षक छन् । योजनाबद्ध रुपमा ती बालकले गोली चलाएको र उनलाई पक्राउ गरिएको सर्बिया प्रहरीले जनाएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति एलेक्जेन्डर बुसिकले तीनदिने शोकको घोषणा गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend