logo

२०८३ साउन १४ बिहिबार

प्रतिनिधिसभाको सचिवमा पाण्डेय र राष्ट्रियसभाको सचिवमा अर्याल नियुक्त

प्रतिनिधिसभाको सचिवमा पाण्डेय र राष्ट्रियसभाको सचिवमा अर्याल नियुक्त


हाम्रो राष्ट्र
  • बिहिबार, २१ बैशाख २०८०
  • 819
    SHARES

     

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा डा सुरेन्द्र अर्याललाई नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा पाण्डेय र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा डा अर्याललाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गरेका हुन् ।

    राष्ट्रपतिले महान्यायाधिवक्ताको कार्यलयमा नायब महान्यायाधिवक्तामा कार्यरत पाण्डेय र सङ्घीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत डा अर्याललाई सचिवमा नियुक्त गरेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

    सरकारी वकिल समूहबाट सहन्यायाधिवक्तामा खुलाबाट प्रवेश गरेका पाण्डेयसँग यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेको अनुभव छ भने डा अर्याल प्रतिनिधिसभाको अर्थ समितिको सचिवका रूपमा लामो समयदेखि कार्यरत थिए

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend