logo

२०८३ साउन १३ बुधबार

सिम्रिक एयर हेलिकोप्टर दुर्घटनाः एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

सिम्रिक एयर हेलिकोप्टर दुर्घटनाः एक जनाको मृत्यु, चार जना गम्भीर घाइते


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ बैशाख २०८०
  • 1K
    SHARES

    खाँदबारी । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
    हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएका उनले जानकारी  दिए। शुक्रबार  दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
    मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए। दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend