logo

२०८३ साउन १५ शुक्रबार

कञ्चनपुरमा सशस्त्र प्रहरीका सीमा सुरक्षा प्रमुखमाथि खुकुरी प्रहार

कञ्चनपुरमा सशस्त्र प्रहरीका सीमा सुरक्षा प्रमुखमाथि खुकुरी प्रहार


हाम्रो राष्ट्र
  • शनिबार, २३ बैशाख २०८०
  • 1K
    SHARES

    कञ्चनपुर । सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । शुक्रवार राति होहल्ला गरेपछि सम्झाउन गएका सई चौंसिर माथि खुकुरी प्रहार गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राति १० बजेको समयमा बिओपी प्रमुखमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारवाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।खुकरी प्रहार गरी फरार रहेकाहरुको अहिले खोजी कार्य जारी राखिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend