logo

२०८३ साउन १४ बिहिबार

सन् २०२२ मा अमेरिकामा मृत्युको चौथो प्रमुख कारण कोभिड

सन् २०२२ मा अमेरिकामा मृत्युको चौथो प्रमुख कारण कोभिड


हाम्रो राष्ट्र
  • शनिबार, २३ बैशाख २०८०
  • 1K
    SHARES

    संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा मृत्युको चौथो प्रमुख कारण कोभिड–१९ रहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले जनाएको छ । मुटुरोग, क्यान्सर र अनजानमा हुने चोटपटकका कारण हुने मृत्युपछि चौथो प्रमुख कारण कोभिड–१९ रहेको सिडिसीले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा सन् २०२२ का लागि अस्थायी अमेरिकी मृत्युदरको तथ्याङ्कको सिंहावलोकन गरिएको छ, जसमा सन् २०२१ को मृत्युदरसँग तुलना गरिएको छ । सन् २०२२ मा अमेरिकामा ३० लाखभन्दा बढीको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

    तीमध्ये दुई लाख ४४ हजार ९८६ जनाको मृत्युमा कोभिड–१९ को मुख्य कारण देखिएको थियो, जुन प्रत्येक १३ मृत्युमध्ये एक जनाको मृत्यु हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend