logo

२०८३ साउन १४ बिहिबार

टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ : अर्थमन्त्री महत

टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ : अर्थमन्त्री महत


हाम्रो राष्ट्र
  • शनिबार, २३ बैशाख २०८०
  • 1.2K
    SHARES

    File
    नुवाकोट । अर्थमन्त्री डा प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका छन् ।
    शनिबार नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भएपनि अब भने काम सुरु गर्न आवश्यक बजेटको विनियोजन गर्ने बताए ।
    ‘नुवाकोटसहित रसुवा हुँदै चीनसँगको केरुङ बजारसँगको व्यापार बढाउन टोखा–छहरे सुरुङ मार्गको परिकल्पना गरिएकाले कार्यान्वयनमा लैजान लागिएको हो ।’
    उनले भने, ‘कृषि र पर्यटनको विकास, उद्योग व्यवसायको वृद्धि, धार्मिक तथा सांस्कृृतिक गतिविधिलाई चलायमान बनाएर केरुङ हुँदै चीनसँगको व्यापार बढाउन के–कति सकिन्छ आगामी आर्थिक वर्षमा बजेट तर्जुमा गर्न लागिएको छ । यसलाई कार्य प्रारम्भका रुपमा लिनुपर्छ ।’  सङ्घीय सरकार आगामी आर्थिक वर्षको तयारीमा रहेकाले उत्पादक र ठूला योजनाका क्षेत्रमा बजेटले प्राथमिकता पाउने  महतको भनाइ छ ।
    ‘विकास निर्माणलाई कांग्रेसले सदैव प्रथामिकता दिँदै आएको छ । जनताको सुखदुःख, विकास निर्माण, धर्म र संस्कृति तथा मानवीय जीवनसँग जोडिएका पक्षमा काम गर्दै आइरहेको छ’, उनले भने, ‘अहिले अर्थतन्त्र अप्ठ्यारो परिस्थितिको भएकाले धेरै अपेक्षा नराख्न तर, राम्रा र नमुना कामको थालनी हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।’
    दुप्चेश्वर–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित ‘गुरु पद्मसम्भव’ मूर्तिको प्राण प्रतिस्थापन गर्दै उनले बुद्धपछिको बुद्ध भगवानका रुपमा सम्मानित भगवान् पद्म सम्भवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा सहयोग पुग्ने बताए ।
    ‘दण्ड–जरिवाना गराउने कानुनभन्दा नैतिकवान बनाउने धर्म, संस्कार र मान्यताले हामी चलेका छौँ’, उनले भने, ‘हजारौँ वर्षदेखि मानिस एकअर्काप्रति सद्भाव कायम राख्दै जीवन चलाइरहेका छौं । त्यो हाम्रो महान धर्म, संस्कृति र त्यसले सिकाएको पाठको नतिजा हो ।’
    एक हजार दुईसय वर्षअघि बुद्ध धर्मको प्रचारमा तिब्बत र नेपाली भूमिमा योगदान पुर्याएका ‘गुरु पद्मसम्भव’लाई बौद्ध धर्मालम्वीले बौद्ध पछिको बौद्ध भगवान्को अवतारका रुपमा पुज्ने गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend