logo

२०८३ असोज ७ बुधबार

भारतको मणिपुरमा जातीय झडप, ५४ जनाको मृत्यु

भारतको मणिपुरमा जातीय झडप, ५४ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, २३ बैशाख २०८०
  • 1K
    SHARES

    भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ५४ पुगेको छ । जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ ।

    अधिकारीहरूले इन्टरनेट ब्ल्याकआउट लागू गरे र अशान्ति नियन्त्रण गर्ने प्रयासमा ‘चरम अवस्थामा’ गोली हान्ने आदेश जारी गरेका छन् ।

    भारतका कानुनमन्त्री किरेन रिजिजुले शनिबार पत्रकारसँग कुरा गर्दै केही दिनयता चलेको झडपमा धेरैको ज्यान गएको र सम्पत्तिमा क्षति पुगेको जानकारी दिए ।
    इन्टरनेट बन्द गरिएका कारण मणिपुरबाट सूचना प्रवाहमा बाधा पुगेको छ र पछिल्लो झडपको विवरण पाउन कठिन भएको छ ।

    छिमेकी राज्य नागाल्याण्डमा रहेको भारतीय सेनाको एक टुकडीले हिंसाबाट बच्न १३ हजार मानिसले शरण लिएको जनाएको छ ।

    राज्यका उच्च प्रहरी अधिकारीले दङ्गाकारीहरूले प्रहरी चौकीहरूबाट हातहतियार र गोलाबारुद चोरेको चबताएकोे केही घण्टापछि शुक्रबार राति फेरि हिंसात्मक झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो ।

    राज्यको राजधानी इम्फाल र थप दक्षिणमा रहेको चुराचन्दपुर जिल्लामा रहेका अस्पतालका मुर्दाघरमा झडपमा मृत्यु भएका जम्मा ५४ जनाको शब राखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    “सोह्र शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव इम्फाल पूर्वी जिल्लाको ‘जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’मा राखिएको छ,” प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले नाम उल्लेख नगरिकन एक स्थानीय अधिकारीलाई उदृत गर्दै लेखेको छ ।

    “इम्फाल पश्चिम जिल्लाको लाम्फेलस्थित क्षेत्रिय अस्पताल ुरिजनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ले २३ जनाको मृत्यु भएको जानकारी दिएको छ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend