logo

२०८३ साउन १४ बिहिबार

सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति


हाम्रो राष्ट्र
  • आइतबार, २४ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा आइतबार राख्न प्रहरीलाई अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौँले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    भुटानी शरणार्थी नक्कली परिचयपत्र बनाएर ठगेको आरोपमा पाण्डेलाई प्रहरीले यही वैशाख २० गते पेप्सीकोलाबाट पक्राउ गरेको थियो । उहाँलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend