logo

२०८३ साउन १४ बिहिबार

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने १० भारतीय नागरिक पक्राउ

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने १० भारतीय नागरिक पक्राउ


हाम्रो राष्ट्र
  • आइतबार, २४ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको । उनीहरूलाई उपत्यकाकाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले उनीहरूले विभिन्न समयमा नक्कली कागजात र ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएका छन् ।

    उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायत समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै, बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन् । उनीहरूले रूपन्देही, बारा, पर्सा लगायत जिल्लाबाट जारी गरेको नागरिकता लिएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend