logo

२०८३ साउन १४ बिहिबार

नक्कली शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ

नक्कली शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ


हाम्रो राष्ट्र
  • मंगलबार, २६ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई पक्राउ गरेको हो ।

    यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा उनीहरुको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन्।

    सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजीत राई, सानु भण्डारी, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई र सन्दीप रायमाझी पक्राउ परेका छन् । एमाले सचिव टोपबहादुर रायमाझी र बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर उनीहरु भने फरार छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend