logo

२०८३ साउन १४ बिहिबार

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, अब कृत्रिम अक्सिजन दिन बन्द गरिने

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, अब कृत्रिम अक्सिजन दिन बन्द गरिने


हाम्रो राष्ट्र
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । ग्यास सिलिण्डर विस्फोटबाट घाइतेुभएका नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीलाई बुधबारदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ ।

    नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । उनलाई मंगलबार राति पाँच लिटर अक्सिजनमा मात्र रिजरभायर ब्याग मास्कमा राखिने र भोलिसम्म मात्र रिजरभायर ब्याग मास्कमा राखिने उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।

    नेशनल बर्न सेन्टरका डा सुनिल केशवानीका अनुसार नेता भण्डारीलाई ‘इटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनी कम हुँदै गएको उनले जानकारी दिए ।

    भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएका छन् । उनलाई छिटो सुधार भइरहेकाले अबको चार दिनपछि सायद आइविसियु (इन्टेन्सिभ बर्न केयर युनिट)बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएका नेता कँडेलले जानकारी दिए ।

    यही फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डरको विस्फोट हुँदा सांसद डा भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घटनालगत्तै उनीहरू दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

    भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend