logo

२०८३ साउन १४ बिहिबार

चैतसम्मको मुद्रास्फिती करिव ८ प्रतिशत

चैतसम्मको मुद्रास्फिती करिव ८ प्रतिशत


हाम्रो राष्ट्र
  • बुधबार, २७ बैशाख २०८०
  • 793
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैतसम्मको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको जनाएको छ । आर्थिक वर्ष २०७९/८० को चैत महिनाको तथ्यांक सार्वजनिक गर्दै बैंकले चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको जनाएको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले मूल्य बढेको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत स्वास्थ्य उप–समूहको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले मूल्य बढेको छ ।

    राष्ट्र बैंकका अनुसार गत चैत महिनामा काठमाडौँ उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशतले मूल्य बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend