logo

२०८३ साउन १५ शुक्रबार

दैलेखमा आगलागीमा परी एकजनाको मृत्यु

दैलेखमा आगलागीमा परी एकजनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, २८ बैशाख २०८०
  • 897
    SHARES

    दैलेख । दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो ।

    भेरी अस्पतालमा उपचाररत विकको गए राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चार जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ ।

    भेरी अस्पतालमा आठविस–६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विक र २९ वर्षीय प्रजा विकको उपचार भइरहेको छ । अन्य चार घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी डा चापागाईले बताए ।

    दैलेखको आठविस–६ माल्या जङ्गलमा बुधबार आगलागी हुँदा घाइते भएका आठ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend