logo

२०८३ साउन १४ बिहिबार

बाइडेनका सुरक्षा सल्लाहकार र चिनियाँ कूटनीतिज्ञबीच भियनामा भेटवार्ता

बाइडेनका सुरक्षा सल्लाहकार र चिनियाँ कूटनीतिज्ञबीच भियनामा भेटवार्ता


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ बैशाख २०८०
  • 949
    SHARES

    President-elect Joe Biden's national security adviser nominee Jake Sullivan speaks at The Queen theater, Tuesday, Nov. 24, 2020, in Wilmington, Del. (AP Photo/Carolyn Kaster)

    अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका उच्च कूटनीतिज्ञ वाङ यीसँग यसै साता भियनामा भेटवार्ता गरेको ह्वाइट हाउसले जनाएको छ ।

    ‘दुवै पक्षले युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायतका महत्वपूर्ण विषयमा स्पष्ट, ठोस र रचनात्मक छलफल गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ।ह्वाइट हाउसले भनेको छ, ‘दुवै पक्ष यी उद्देश्यलाई अगाडि बढाउन सञ्चारको यो महत्वपूर्ण रणनीतिक च्यानललाई कायम राख्न सहमत भएका छन् ।’

    भियनामा हुने उक्त बैठकले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच सम्भावित भेटवार्ताबारे अड्कलबाजीलाई पुनः बल दिने सम्भावना छ ।

    प्रशान्त क्षेत्रमा व्यापारिक, राजनीतिक र सैन्य प्रभावका कारण वासिङ्टन र बेइजिङबीचको ऐतिहासिक तनावपूर्ण सम्बन्ध पछिल्ला केही महिनायता थप प्रगाढ बनेको छ ।

    संयुक्त राज्य अमेरिकाले भारत, जापान र अष्ट्रेलियासँग क्वाड साझेदारीमार्फत लाभ लिन खोजेको छ । उक्त समूहले शत्रुतापूर्ण मनसायलाई अस्वीकार गर्दै आफू सैन्य गठबन्धन नभएको बताउँदै आएको छ, तर चीनले उक्त समूहलाई घेराबन्दी गर्ने प्रयासको रूपमा व्याख्या गरेको छ ।

    चीनले ताइवानलाई आफ्नो भूभाग भएको दाबी गर्दै आवश्यक परेको खण्डमा बल प्रयोग गरेर एक दिन उक्त टापुलाई आफ्नो नियन्त्रणमा ल्याउने र ताइपेइ र विदेशी सरकारबीच कुनै पनि आधिकारिक सम्पर्कमा अवरोध नगर्ने प्रतिबद्धता जनाएको छ ।

    गत महिना बेइजिङले ताइवान र मुख्य भूमि चीनलाई छुट्याउने समुद्री क्षेत्रमा तीन दिने सैन्य अभ्यास सुरु गरेपछि एक अमेरिकी युद्धपोत ताइवान र मुख्य भूमि चीनबाट निस्केको थियो ।

    ताइवानका राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीबीच क्यालिफोर्नियामा भएको भेटवार्तापछि उक्त अभ्यास भएको हो ।

    यसै वर्षको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको प्रस्तावित भ्रमण अमेरिकाले ‘अमेरिकी भूभागमा निगरानी गरिरहेको चिनियाँ बेलुन’ खसालेपछि रद्द गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend