logo

२०८३ असोज ७ बुधबार

कीर्गिस्तानद्वारा माल्दिभ्स पराजित

कीर्गिस्तानद्वारा माल्दिभ्स पराजित


हाम्रो राष्ट्र
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ ।
    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३–० को साझो सेटले पराजित गर्दै विजयी भएको हो । कीर्गिस्तानले माल्दिभ्सलाई पहिलो सेट २५–२०, दोस्रो सेट २५–२० र तेस्रो तथा अन्तिम सेट २५–१५ ले हरायो ।
    उक्त प्रतियोगिताअन्तर्गत नेपालले सेमिफाइनल खेलमा भोलि काजकिस्तानको सामना गर्नेछ । नेपाल र काजकिस्तानबीचको खेल अपराह्न पाँच बजे हुनेछ । त्यस्तै भोलि नै हुने अर्को सेमिफाइन खेलमा उज्वेकिस्तान र भारत आमने सामने हुनेछन् । उक्त खेल दिउँसो २ः३० बजे हुनेछ ।
    राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend