logo

२०८३ असोज ७ बुधबार

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ । आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै तेस्रो बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्यो ।

    पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै बाँकी सेट आफ्नो पक्षमा पार्यो । दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै उज्वेकिस्तानविरुद्ध नेपालले सानदार जित निकालेको हो ।

    सेमिफाइनलमा नेपाल काजकस्तानसँग ३–२ को सेटमा पराजित हुँदै उपाधि दौडबाट बाहिरिएको थियो । आजै फाइनलमा भारत र काजकस्तानबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend