logo

२०८३ असोज ७ बुधबार

महिला अधिकार र स्वतन्त्रताका लागि मङ्गलादेवीको भूमिका महत्वपूर्ण

महिला अधिकार र स्वतन्त्रताका लागि मङ्गलादेवीको भूमिका महत्वपूर्ण


हाम्रो राष्ट्र
  • आइतबार, १८ चैत्र २०८०
  • 11.7K
    SHARES

    काठमाडौं । महिलाका हक अधिकार र स्वतन्त्रताका लागि मङ्गलादेवीको भूमिकालाई स्मरण गरिएको छ । कांग्रेस नेतृ सिर्जना सिंहले लैङ्गिक समानता नेपाली महिला आन्दोलनसँगै महिला सशक्तिकरण राजनीतिक चेतना एवं सामाजिक जागरण ल्याउन स्व. सिंहले खेलेको भूमिकोको तारिफ गर्नुभयो ।

    आइतबार मङ्गलादेवी सिंह फाउन्डेसनले राजधानीमा आयोजना गरेको ‘नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एवम् सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्‍याउने महिलाको सम्मान कार्यक्रम’बोल्दै कांग्रेसका नेता प्रकाशमान सिंहले महिलाको हकअधिकार, सम्मान र प्रजातन्त्र स्थापनाका लागि मङ्गलादेवी सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

    कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले महिलाको हकअधिकारको स्थापनाका लागि स्व सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँले महिला स्वतन्त्रताका लागि अडिग भएर लड्ने व्यक्ति मङ्गलादेवी सिंह भएको बताउनुभयो ।

    नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउत मिश्राले मङ्गलादेवी सिंहले महिला अधिकारका सवालमा देख्नुभएको सपना पूरा गर्न महिला सङ्घ लागिरहेको बताउनुभयो । कार्यक्रममा नेपाली राजनीतिमा महिला आन्दोलनमा चेतना सशक्तिकरण र सामाजिक जागरण ल्याउन सहभागि ११ महिला दिदीहरू सम्मानित समेत भएका छन ।

    यो पनि, कांग्रेसले बहुमत ल्याउन महिलालाई सशक्त बनाउनुपर्छ : सभापति देउवा

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend